काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शक्ति सुदृढ गर्न र वैदेशिक षड्यन्त्रको सामना गर्न कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक भएको बताएका छन्। सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’मा सम्बोधन गर्दै दाहालले भने, ‘विभिन्न कम्युनिष्ट पार्टी र समाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा […]