रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि भएपछि १९ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा पक्राउ परेका उनीमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य–थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रूसको ‘सैन्य डिज्नील्यान्ड’ भनेर पनि चिन्ने गरेका छन् । उक्त परियोजना प्याट्रियट पार्क पूर्व […]