जुम्लामा टेलिकमका १ हजारभन्दा बढी फाइबर ग्राहक, सेवा खलङ्गामै सीमित

नेपाल टेलिकमको जुम्ला शाखामार्फत १ हजार ७२२ ग्राहकले फाइबर इन्टरनेट सेवा लिएका छन्। तीव्रगतिको उक्त सेवा हाल जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्रै सञ्चालनमा रहेको शाखाले जनाएको छ। शाखा प्रमुख पारस पुजाराका अनुसार जिल्लाका आठ स्थानीय तहमा फाइबर इन्टरनेट विस्तार गर्न केन्द्रीय कार्यालयसँग पहल भइरहेको छ। ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्क सुदृढ गर्ने उद्देश्यले टावर विस्तारको कामसमेत […]