'भविष्यको एक मात्र सहारा गुमाउनुपर्दा जीवन अन्धकारमय भयो'

'रास्वपाका बिपिन आर्चाय मेरै गाउँकै हुन्। गाउँकै भएको नाताले भेटेको दिन भन्न सक्छु भन्ने लाग्छ। उनले कसो मेरो कुरा नसुनून् र! भैंसी पालेपछि दूध खाऊँला भन्ने आशा हुन्छ। बच्चा पालेपछि भविष्यको सहारा बन्ला भन्ने आशा हुन्छ। हामीले भोट हालेर जिताएपछि बालेनले हामीजस्ता गरिबका लागि केही गर्लान् कि भन्ने आशा छ।