काभ्रेपलाञ्चोक। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ। विश्वविद्यालयले उक्त केन्द्रसँगै मोवाइल एप ‘केयु–कनेक्ट’समेत सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमा जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्न, राष्ट्रिय एआई नीति कार्यान्वयन, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रुपरेखा विकास गर्न […]