विपीनको गृहनगरमा शवयात्रा सुरु

काठमाडौं। कञ्चनपुरका विपीन जोशीको गृहनगरमा आज बिहान शवयात्रा सुरु भई महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुँदैछ। शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा […]