काठमाडौं। ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले संयुक्त राष्ट्रसंघ (यूएन) र अन्य बहुपक्षीय संस्थाहरूले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गरेका छन्। उनले गाजाका युद्धपीडितहरूको संरक्षणमा यूएन असफल भएको आरोपसमेत लगाए। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भने, “गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई […]