कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सभापति पदमा वर्तमान महामन्त्री गगनकुमार थापाको मात्रै मनोनयन परेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिँदा सभापतिमा गगनले मात्रै उम्मेदवारी दिएका हुन् । उता महाममन्त्री पदमा नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । […]