काठमाडौं। अध्यक्ष सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका जनमत पार्टीका नेताहरूले बिहीबार आफैं राजीनामा दिएका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका पार्टीका ६ नेताले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक […]