उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ कार्यकारिणी सदस्य टुंगियो, चार स्थानमा बराबरी मत

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ। मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार १३ जना कार्यकारिणी सदस्यको टुङ्गो लागेको छ। तर अन्तिम चरणका चार उम्मेदवारको मत बराबर आएपछि परिणाम टुङ्ग्याउन गोला प्रथाको तयारी गरिएको छ। स्रोतका अनुसार बराबरी मत आएका ती चार जनाले दुई-दुई जनाका दरले आधा-आधा कार्यकाल सम्हाल्ने गरी गोला प्रथामार्फत […]