हिंसा भड्किने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो। ७ मंसिरदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ। […]