काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको आशंका गरिएको छ। आरोहण टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए। हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन विवरण […]