गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय

हाल आयुर्वेद शाखामा मासिक ४०–५० जना बिरामीहरुले नियमित रूपमा उपचार लिइरहेका छन्। टाउकोदेखि खुट्टासम्मका विभिन्न रोगहरूको उपचारमा आयुर्वेदिक विधिको प्रयोग प्रभावकारी देखिएको छ। अस्पतालका अन्य एलोप्याथिक चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आयुर्वेदिक उपचारप्रति विश्वास बढाउँदै बिरामीहरूलाई आवश्यकता अनुसार आयुर्वेद शाखामा सिफारिस गर्ने प्रचलन बढेको छ। यसरी दुवै उपचार पद्धतिबीचको सहकार्य र समन्वयले उपचारको गुणस्तर र जनविश्वास दुवै उच्च बनाएको छ।