भारतीय राजदूत दलेलाको दुई मन्त्रीसँग भेट, पर्यटन र पूर्वाधार सहकार्यबारे छलफल

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकप्रसाद पौडेल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् । काठमाडौँस्थित भारतीय दूतावासका अनुसार मन्त्री पौडेलसँगको भेटमा पर्यटन प्रवर्द्धन, नेपाल र भारतबीचको सम्पर्क सञ्जाल विस्तार तथा दुवै देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको […]