गण्डकी प्रदेशको बेनीदेखि ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडक सञ्चालनमा

गण्डकी प्रदेशको बेनीदेखि ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन सुरु भएको छ। करिब १२२ किलोमिटर दूरीको यो सडक खुलेपछि स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवतजावतमा उल्लेख्य सहजता हुने अपेक्षा गरिएको छ। हालै मार्ग खुलेको उक्त सडक ढोरपाटन हुँदै तकसेरा जोडिन्छ। यो मार्ग मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा करिब ५० किलोमिटर छोटो मानिएको […]