१२ करोडभन्दा बढी हानि पुर्‍याएको आरोपमा आयोजना प्रमुख पक्राउ

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्युरोले ४५ वर्षीय शर्मालाई कात्तिक २७ गते शुक्रबार ललितपुर महानगरपालिका-२५, भैँसेपाटीबाट पक्राउ गरेको हो । […]