काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्। कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरू उपस्थित थिए। प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा […]