बुलेट ट्रेनजस्तो जिन्दगी

ओनिगिरीको डल्लो मुखमा च्यापेर स्टेसनतर्फ कुदिरहेका छन् युवकहरू। काँधको किताबको झोला बिसाउन नपाउँदै कपालको जुरो मिलाउँदै हतारहतार खाइस्या (कम्पनी)तिर कुदिरहेका छन् युवतीहरू। जापानमा प्रत्येक मान्छेले बाँच्ने जिन्दगी ‘सिनखानसेन’ (बुलेट ट्रेन) हो। जिन्दगीको रफ्तार तीव्र हुनैपर्छ यहाँ। हजारौँ विद्यार्थीका हस्याङफस्याङ गर्दै कुदिरहेका पैतालाहरूमध्ये एक जोडी मेरा पनि हुन्। यी पाइला घाम अस्ताउँदै गर्दा कोठाबाट काममा निस्कन्छन्। […]