ट्रम्पले भने : म कति समय बाँच्छु थाहा छैन, धेरैले मलाई मार्न खोजिरहेका छन्

यो बयान दुई दिनअघि उनकै फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टमा भएको गोलीकाण्डसँग जोडेर हेरिएको छ। आइतबार बिहान स्थानीय समयअनुसार करिब १:३० बजे २१ वर्षीय युवक अस्टिन टकर मार्टिनले शटगन र इन्धनको क्यान बोकेर रिसोर्टको सुरक्षित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए। गोप्य सेवाका एजेन्टहरू र पाम बीच काउन्टीका डेपुटीले उनलाई रोकेका थिए।