काठमाडौँमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो’ सुरु हुँदै

नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करण हो।