जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो ।  दुर्घटनामा कार चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय […]