काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रूपमा उनको जन्म २०१५ साल कात्तिक ८ गते विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ छन् । […]