काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो आकाङ्क्षा रहेको स्पष्ट पारेका छन् । भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पदप्रति आफ्नो आकाङ्क्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका छन् । उनले देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन् । […]