काठमाडौँ । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका […]