काठमाडौँको कोटेश्वरमा अवस्थित न्यु डबल फोर तन्दुरी रेस्टुराँका सञ्चालक मेघनाथ भट्ट १ असोज २०८२ मा बिहानै तीनकुनेमा रहेको सब्जीमन्डीमा तरकारी किन्न गए। तरकारीको मूल्य सुनेर उनी छक्कै परे। भट्टका अनुसार एक हप्ताअघिको तुलनामा ३० देखि ४० प्रतिशतसम्मै महँगो थियो त्यो दिन तरकारी। २३ र २४ भदौमा काठमाडौँमा भएको जेन–जी आन्दोलनपछि तरकारीमा एक्कासि मूल्यवृद्धि भएको उनको […]