हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना हटाउन थालियो

बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्य सडक विस्तार अभियान आजदेखि कार्यान्वयन चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले विहानैदेखि जेसिबी प्रयोग गरी सडक सीमाभित्र रहेका स्थायी र अस्थायी संरचना भत्काउन सुरू गरेको जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोड क्षेत्रबाट संरचना हटाउने कार्य तीव्रगतिमा सुरु गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरूप्रसाद अधिकारीले बताए। कार्यालयले […]