काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग जवाफ मागेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै जबरालाई नियन्त्रणमा लिने क्रममा सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। कांग्रेसले घटनाको कानुनी आधार र औचित्य सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेको छ। कांग्रेसले कुनै विशेष सुरक्षा चुनौती, […]