काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए । उनले भने, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’ […]