इथियोपियामा पहिलो पटक मारबर्ग भाइरसको संक्रमण पुष्टि, ओमो क्षेत्रमा ९ जना संक्रमित

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले इथियोपियाको स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूको ‘छिटो र पारदर्शी प्रतिक्रिया’ को प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनले, ‘यसरी तुरुन्तै  कदम लिँदा सरकारले प्रकोपलाई चाँडै नियन्त्रणमा ल्याउने प्रतिबद्धता देखाउँछ,’ भनेका छन्।