भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक तथा आवागमन नाकाका रूपमा प्रयोग गर्ने सहमति सार्वजनिक भएपछि नेपाल सरकारले औपचारिक प्रतिक्रिया दिएको छ। परराष्ट्र मन्त्रालयमार्फत जारी विज्ञप्तिमा सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको पुनः स्पष्ट पारेको छ। मन्त्रालयले १८१६ को सुगौली सन्धिलाई आधार मान्दै महाकाली नदीपूर्वका सबै भू–भाग नेपालकै भएको तथ्यमा सरकार […]