काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिएका हुन् । डा सेढाईँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, […]