सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको संख्या घट्दै

मोरङ । नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुंगीका लागि महत्त्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन् ।  विभिन्न उचाइ र […]