काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई हिउँदको कठ्याङ्ग्रिँदो मौसममा हटाउन खोज्नु निन्दनीय भएको बताएका छन् । […]