काठमाडाैं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। मतपरिणामकाे बिहीबार घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् । महाधिवेशनबाट ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पार्नुभयो […]