नेपालमा ‘ग्लोबल मनी विक’ सुरु, युवामा वित्तीय शिक्षामा जोड

‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अभियान आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानको यो चौधौँ संस्करण हो। अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो। उद्घाटन सत्रमा काठमाडौँका विभिन्न विद्यालयका कक्षा ८ देखि […]