ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण अपरिहार्य रहेको बताएका छन्। उनले कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधारमा लगानी बढाउन सके रोजगारी सिर्जना, आय वृद्धि र उत्पादन विस्तार हुने बताए। गोरखापत्र संस्थानले ललितपुरमा बिहीबार आयोजना गरेको ‘दृढतासहित पुनरुत्थान : गोरखापत्र विमर्श’ कार्यक्रमको उद्घाटन समारोहमा यादवले हालैको ‘जेन-जी’ पुस्ताको […]