दोलखाको आलम्पुमा विद्यार्थीहरूको एकीकृत स्वास्थ्य परीक्षण: १५५ जना लाभान्वित

बिरामी विद्यार्थीको उपचार र रेफर परीक्षणका क्रममा ५ जना विद्यार्थीमा बाथ/मुटु रोगको आशङ्का देखिएपछि थप उपचारका लागि चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा रेफर गरिएको छ। ती विद्यार्थीको उपचार अस्पतालले नै गर्ने जनाइएको छ। यस्तै, दन्त समस्या देखिएका ११ जनालाई उपचारका लागि पठाइएको छ भने आँखामा समस्या देखिएका ११ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने भएको छ।