एनपीएलका ८ मध्ये ७ टोलीसँग एक्सट्रीमको साझेदारी, मैदानबाहिर ७ टोलीका लागि ७ गेट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिङ्कले सहभागी आठमध्ये सात टोलीसँगको प्रायोजन साझेदारीलाई जोडेर विशेष प्रचार अभियान सुरु गरेको छ। कम्पनीका अनुसार एनपीएलका खेल हुने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर रहेका सात प्रवेशद्वारलाई आफूले प्रायोजन गरेका सात टोलीसँग जोडेर तयार गरिएको छ। प्रत्येक प्रवेशद्वारमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङ […]