कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुल सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार नियन्त्रण गरिएको छ । […]