काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । सोही समूहले आइतबार गगन थापा समूहलाई आयोगले आधिकारिकता दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेशी मंगलबारको लागि तोकेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]