अमेरिकामा ट्रम्प प्रशासनले सुरु गरेको सामूहिक देशनिकाला रणनीति अन्तर्गत स्वैच्छिक रूपमा देश छाड्ने आप्रवासीहरूको संख्यामा नाटकीय वृद्धि भएको छ। भेरा इन्स्टिच्युट अफ जस्टिसले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार डिसेम्बर २०२४ मा प्रतिमहिना ८०० को हाराहारीमा रहेको स्वैच्छिक प्रस्थानको संख्या फेब्रुअरी २०२६ सम्म आइपुग्दा ८,८०० पुगेको छ। यो तथ्यांक अघिल्लो प्रशासनको तुलनामा ९९३ प्रतिशतको वृद्धि हो। […]