पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विसं २०७९ पुस १७ गते सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकिरहेका बेला फ्लाई दुबईको प्रवेशलाई पर्यटन तथा व्यावसायिक क्षेत्रले महत्त्वपूर्ण रूपमा लिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर […]