पाल्पा, १० मङ्सिर । निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका सफल उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका तानसेन नगरपालिका–४ का पौड्याल […]