शवदाहस्थल नजिकै हिन्दु मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ। व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ।