सिरहा- सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो । […]