दुबईबाट फ्लाई दुबईको जहाज पोखरा अवतरण, अन्तर्राष्ट्रिय नियमित उडानमा नयाँ सुरुवात

फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट ११३ यात्रु लिएर आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजलाई पानीको फोहरासहित स्वागत गरिएको थियो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा […]