भोटेकोशी बाढीको ४५ दिनपछि गोरखामा आएको बाढीबारे अहिलेसम्म हामीलाई के थाहा छ?

नेपालमा विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको करिब ४५ दिनपछि गोरखाको उत्तरी क्षेत्रमा अर्को विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले कम्तीमा ३५ घर पूर्ण रूपमा बगाएको छ भने एउटा बेलिब्रिज र विद्यालयसमेत नष्ट भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। चुमनुब्री गाउँपालिका–६, […]