कर्णाली अब झन् उज्यालो

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कर्णालीबासीले थप बिजुली उपयोग गर्न पाउने भएका छन्। विगतमा १७ मेगावाट मात्र बिजुली पाएका कर्णाली प्रदेशका नौ जिल्लाका बासिन्दाले अब २०० मेगावाटसम्म विजुली पाउने छन्। यसले स्थानीयहरूको आँखामा बेग्लै चमक देखिन थालेको छ। “झण्डै ४ दशकदेखि हामी पुरानो कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइनबाट हैरानी खेपिरहेका थियौं। […]