आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका उम्मेदवारहरूले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्लाका ८ उम्मेदवार—एक स्वतन्त्र र सात दलका—बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने, प्रचार–प्रसार शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमा टीकाटिप्पणी […]