नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तहनजिक पुगेको छ । शनिबार (असोज १०) दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ । देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ । […]